Logo
Logo

प्रभु, गोविन्दराज र विजय गच्छदारको उम्मेदवारी जोगियो


13.9k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका नेताको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्चले खारेज गरेको छ ।

विभिन्न अभियोगसहित उम्मेदवार बन्न नसक्ने भन्दै परेको ९ जना विरुद्धको रिट सर्वोच्चले खारेज गरेसँगै प्रभु शाह, विजयकुमार गच्छदार, गोविन्दराज जोशी र टेकबहादुर गुरुङ लगायतको उम्मेदवारी जोगिएको हो ।

गच्छदारले सुनसरी–३ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए भने  टेकबहादुर गुरुङ कांग्रेसबाटै मनाङका उम्मेदवार हुन् । त्यसैगरी, तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशी र रौतहट–३ का स्वतन्त्र उम्मेदवार प्रभु साहको पनि उम्मेदवारी जोगिएको छ । 

चितवन–२ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, सिरहा–१ का स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक–१ (क) का एमाले उम्मेदवार डिबी तामाङको पनि उम्मेदवारी जोगिएको छ ।

सर्वोच्चको आदेशसँगै महोत्तरी–१ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा–५ (ख) का माओवादी उम्मेदवार रेवतराज पुरीको उम्मेदवारी पनि खारेज नहुने भएको छ ।

सर्वोच्च अदालतका अनिलकुमार सिन्हाको एकल इजलासले अधिवक्ता अनिल आचार्यले दायर गरेको रिट खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्