Logo
Logo

प्रचण्डलाई देखाउँदै माधवले भने- भविष्यका प्रधानमन्त्री यहीँ छन्


12.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने बताएका छन् । 

सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका हुन् ।

संविधानको रक्षाका लागि वर्तमान गठबन्धनलाई मतदान गर्न जनतालाई अपिल गर्दै अध्यक्ष नेपालले भावी प्रधानमन्त्री पनि गठबन्धनकै नेता हुने बताएका हुन् ।

मञ्चमा आसीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देखाउँदै अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री यहीँ छन् भनेका हुन् ।

अध्यक्ष नेपालले भने– ‘संविधानको रक्षाका लागि गठबन्धनलाई मतदान गरेर जिताउनुको विकल्प छैन । वर्तमान प्रधानमन्त्री यहीँ हुनुहुन्छ । भावी प्रधानमन्त्री पनि यहीँ छन् त्यसैले गठबन्धनले जित्नुपर्छ ।’

सत्ता गठबन्धनले मुलुकलाई ठुलो दुर्घटनाबाट बचाएको बताउँदै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्