Logo
Logo

बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित


630
Shares

एजेन्सी । श्रीलंकामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने १३ हजार ९०२ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएको छ ।

बाढी र पहिरो ल्याउने मनसुन बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ । यसैबीच केही क्षेत्रमा बाढीको जोखिम बढ्ने बताइएको छ ।

प्रतिकूल मौसमलाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ । हालको भारी वर्षा देश नजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आईटीसीजेड) को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्