Logo
Logo

एसपी खड्कालाई सर्वाेत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार


38.7k
Shares


काठमाडौं । नेपाल प्रहरीका एसपी सन्तोष खड्काले सर्वाेत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार पाएका छन् । प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो पुरस्कार प्रदान गरेका हुन् ।


पूर्व आइजिपी मोतिलाल बोहराले आफ्नो नामबाट यो वर्षदेखि सो पुरस्कार स्थापना गरेका हुन् । बिशेष ब्यूरोमा कार्यरत एसपी खड्काले अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा पुरस्कार पाएका हुन् ।


त्यस्तै, पूर्व आइजिपी अच्युतकृष्ढा खरेलले स्थापना गरेको अच्युत–मिना अमर प्रहरी पुरस्कार पनि प्रदान गरिएको छ । अमर प्रहरी हवल्दार हेमन्त बहादुर जिसीकी सञ्जु जिसी र अमर प्रहरी निम शरण थापाका छोरा सन्दीप थापालाई पुरस्कार वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्