Logo
Logo

कांग्रेसका बागीद्वारा रामकुमारीलाई समर्थन


10k
Shares


काठमाडौं । प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै गठबन्धकी उम्मेदवार रामकुमारी झाँक्रीलाई समर्थन गरेका छन् ।

उम्मेदवारी निष्क्रियताको घोषणा गर्दै भुसालले आफ्ना पार्टीका कार्यकर्ताले कांग्रेसको नेता बन्नुपर्ने व्यक्ति स्वतन्त्र उम्मेदवार हुनुले पीडा व्यक्त गरेको कारण आफूले उम्मेदवारी निस्क्रिय बनाएको बताए । ‘नेताहरूको आग्रह भन्दा पनि कार्यकर्ताहरूको पीडालाई महसुस गर्दै मैले उम्मेदवारी फिर्ता लिएको हुँ,’ उनले भने । उनले उम्मेदवारी फिर्ता गरेपछि रामकुमारीलाई जितका लागि सहज भएको छ ।


सत्तारुढ गठबन्धनको तर्फबाट गुल्मी २ मा नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीलाई उम्मेदवार बनाएपछि असन्तुष्ट हुँदै भुसालले उम्मेदवारी दर्ता गराएका थिए । यो क्षेत्रमा अब रामकुमारी र गोकर्ण बिष्टबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्