Logo
Logo

सुनचाँदीको भाउ सामान्य बढ्याे, ताेलाकाे कति ?


693
Shares

काठमाडौं । दोस्रो ठुलो पर्व तिहार नजिकिएसंगै नेपाली बजारमा पहेलो धातु सुनको माग बढेको छ । माग बढेसँगै सुनको भाउ पनि घट्बड् भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १०० रुपैयाँँले बढेर कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायीहरूका अनुसार तिहारको समयमा सामान्य दिनभन्दा दोब्बरले सुनचाँदीको व्यापार बढ्छ । हाल दैनिक मुस्किलले देशभर १५ किलोग्राम सुन खपत भइरहेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । तर, तिहारको समयमा भने यसको खपत दोब्बरले बढेर दैनिक ३० किलोग्रामसम्म पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्