Logo
Logo

कमल थापाका ५ पदाधिकारी प्रचण्ड निवासमा


29.1k
Shares

काठमाडौं । पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट राप्रपा नेपालका पाँच पदाधिकारीले नेकपा माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

मंगलबार पाँचै जनाले प्रचण्ड निवास खुमलटार पुगेर भेटेका हुन् । प्रचण्डसँग भेट गर्नेमा उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य छन् ।

उनीहरु अध्यक्ष थापाले एमालेबाट निर्वाचन लड्न लागेपछि असन्तुष्ट छन् । भेटमा सहभागी एक नेताका अनुसार १ घण्टा छलफल चलेको थियो । पाँचै जना नेताले अहिले पार्टी प्रवेश नगर्ने तर, गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको ती नेताले बताए ।

सो क्रममा प्रचण्डले राप्रपा र माओवादीको विचार, सिद्धान्त फरक भएपनि राष्ट्रियताको विषयमा कुरा मिल्ने बताएका थिए । राप्रपाका पदाधिकारीले प्रचण्डलाई गोरखाबाट चुनाव जिताउन सहयोग गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्