Logo
Logo

उपसमितिहरु बनाउने कांग्रेस निर्वाचन परिचालन समितिको निर्णय


252
Shares

काठमाडौं । गोपालमान श्रेष्ठको नेतृत्वमा बनेको नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिले केन्द्रसहित प्रदेशसम्म विभिन्न उपसमिति बनाउने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकमा केन्द्रमा कार्यालय व्यवस्थापनसहित निर्वाचन आयोगसँग समन्वय गर्ने, भ्रातृ संस्थाहरु परिचालन गर्ने सहितका उपसमितिहरु बनाउने निर्णय गरेको समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले बताए ।

प्रदेश स्तरमा गठन हुने उपसमितिले प्रदेशका जिल्लादेखि क्षेत्रहरुमा पर्ने सबै स्थानीय तहसम्म समन्वय गर्ने उनले बताए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ४ मंसिरको संघ र प्रदेशको निर्वाचनका लागि पार्टीको तर्फबाट नेता श्रेष्ठको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेका थिए । समितिको आज पहिलो बैठक पार्टी कार्यालय सानेपामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्