Logo
Logo

जिप दुर्घटना हुँदा पाँचको मृत्यु, ८ जना घाइते


630
Shares

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो ।

जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ८ जना घाइते भएको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले बताए ।

जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ । उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या थपिन सक्ने रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्