Logo
Logo

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने विष्णु पौडेलको दाबी


1.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशभर एमालेको जनलहर चलेको भन्दै आगामी निर्वाचनमा बहुमत ल्याएर जित्ने दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगनले रुपन्देहीमा गरेको भेलामा पौडेलले देशको विकास र समृद्धिका लागि एमाले नै चाहिने बताए । सडक, सिंचाई, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले काम गरेको बताउँदै उनले तिनै कामले जनताले एमालेलाई रोज्ने दाबी गरे ।

उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रिम प्रोजेक्ट अगाडि सारेको बताउदै ती प्रोजेक्ट अहिले कार्यान्वयनको चरणमा पुगेको बताए । एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर सरकारमा आउने पनि दाबी गरे ।

रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले एमाले जनताको प्रिय पार्टी भएकाले सोही अनुसार मत आउने बताए ।

प्रतिक्रिया दिनुहोस्