Logo
Logo

स्रोत नखुलेको २० लाख नगदसहित २ जना पक्राउ


630
Shares

जनकपुर । धनुषाबाट स्रोत नखुलेको २० लाख रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुनसरीको इनरूवा नगरपालिका ६ का २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गए राति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाइकलमा सवार युवामाथि धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरस्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोलाभित्र उक्त रकम बरामद भएको थियो।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले दुवै जनालाई नगदसहित नियन्त्रणमा लिएको हो। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग काठमाडौं पठाउने तयारी छ।

प्रतिक्रिया दिनुहोस्