Logo
Logo

रुसी कमान्डर भन्छन्- दुवैकाे अवस्था ठिक छैन


1.2k
Shares

एजेन्सी । रुसी सेनाका कमान्डर सेर्गेइ सुरोभिकिनले युक्रनस्थित खेरसन क्षेत्रको अवस्था ज्यादै कठिन रहेको बताएका छन् ।

युक्रेनी सेनाले आफ्नो भूभाग फिर्ता लिन आक्रमण गरिरहेका बेला रुसी सेनाबाट यस्तो प्रतिक्रिया आएको हो । जवकि रुसी फौजले उक्त क्षेत्रलाई कब्जामा लिएर त्यहाँका नागरिकलाई हटाउन प्रयास गरिरहेको छ ।

अक्टोबर १० मा नियुक्त भएका रुसी वायु सेना जनरल सुरोभिकिनले हालै खेरसन क्षेत्रको अवस्था त्यहाँका नागरिक र रुसी सैनिक दुवैका लागि धेरै कठिन भएको बताएका हुन् । दुश्मनले आक्रमण नरोकेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त क्षेत्रलाई कब्जामा लिएर बसेको रुसी सेना केही सातायता २० देखि ३० किलोमिटर पछाडि हटेको पनि बताइएको छ । र उनीहरू रुस र युक्रेनको सीमा क्षेत्रमा रहेको निपर नदीको पश्चिमी किनारसम्म पुग्नसक्ने आकलन गरिएको छ ।

उत्तरी खेरसन क्षेत्रमा रहेका रुसी फौजहरूमाथि निरन्तर आक्रमण भइरहेको बताइएको छ । यसैबीच रुसी कमान्डर सुरोभिकिनले विशेष सैन्य अपरेसनको क्षेत्रको अवस्था तनावपूर्ण रहेको प्रतिक्रिया दिएका हुन् ।

युक्रेनले रुसी सेनालाई युद्ध अपराध गरेको आरोप लगाइरहेको छ भने दुवैतर्फका सेनाले नागरिकहरूलाई आक्रमण लक्षित नगरेको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्