Logo
Logo

काठमाडौं महानगरले १६२ जना नगर प्रहरी थप्ने


1.2k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले १६२ जना नगर प्रहरी थप्ने भएको छ ।

सडक पार्किङ, अन्डरग्राउन्ड पार्किङ, फुटपाथ व्यापार, होर्डिङ बोर्ड, डिजिटल बोर्ड र सहरी सरसफाइका लागि करारमा नगर प्रहरी थप्न लागिएको हो ।

नयाँ भर्नाका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कम्तिमा पाँच वर्ष सेवा गरी ४५ वर्ष ननाघेकालाई विशेष प्राथमिकता दिइने महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।उनले आगामी एक महिनाभित्रै महानगरका विभिन्न अभियानलाई तीव्र पार्न करारमा नगर प्रहरी भर्ना लिइने बताए ।

युनिक सेक्युरिटी सर्भिस प्रालिमार्फत नगर प्रहरी छनोट प्रक्रिया अघि बढिसकेको एसपी पाण्डेले बताए । महानगरको नगर प्रहरी बलमा हाल १७३ जना कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्