Logo
Logo

नवौँ राष्ट्रिय खेलकूदमा नेपाल प्रहरीले कति पदक जित्यो ?


2.8k
Shares

कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा हालसम्म नेपाल प्रहरीले विभिन्न खेलमा गरी ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी १ सय ६६ पदक जितेको छ । यो पदक बिहीबार बिहानसम्मको हो ।

नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य, जुडोमा ६ स्वर्ण, ३ रजत र ८ कास्य, टेबल टेनिसमा ६ स्वर्ण, २ रजत र १ कास्य, एथलेटिक्समा २ स्वर्ण, ४ रजत र ४ कास्य, ब्याडमिन्टनमा २ स्वर्ण, २ रजत र २ कास्य जितेको छ ।

यस्तै, पुरुष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र ३ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, सुटिङमा १ स्वर्ण, १ रजत र ३ कास्य, आर्चरीमा १ स्वर्ण, २ रजत र १ कास्य, बक्सिङमा १ स्वर्ण, १ रजत र १ कास्य जितेको छ ।

यसैगरी, महिला भलिबलमा १ रजत, बुद्धिचालमा ३ रजत, लन टेनिसमा १ रजत र २ कास्य, ट्रायथलनमा १ रजत र १ कास्य, तथा आईटिएफ तेक्वान्दोमा ४ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको हो ।

नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ २२ स्वर्ण, २४ रजत र ३० कास्य, पुरूषतर्फ ३४ स्वर्ण, २५ रजत र २५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्न सफल भएका छन् ।

गएको शुक्रबार पोखरामा सुरु भएको नवौं राष्ट्रिय खेलकुद आज समापन हुँदैछ । नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्