Logo
Logo

एकीकृत समाजवादीको कार्यालय उपसचिवमा केदार सञ्जेल चयन


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको कार्यालय उपसचिवमा केदार सञ्जेल चयन भएका छन् । मंगलबार बसेको पार्टीको ४१औँ पूर्ण बैठकले सञ्जेललाई पार्टी कार्यालयको उप सचिवमा चयन गरेको हो ।

बिहीवार पार्टीको केन्द्रीय कार्यालयमा कार्यालयमा कार्यरत कर्मचारीसँगको बैठकमा पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरले उपसचिव सञ्जेललाई बधाइ तथा शुभकामना दिए ।

कार्यालयको जिम्मेवारी बहन गर्दै उपसचिव सञ्जेलले पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्दै पार्टी र नेताहरुको सम्वन्वय सहकार्य र सहअस्तित्वको आधारमा अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

झापामा जन्मिए हाल भक्तपुरमा बस्दै आएका सञ्जेल संविधानसभा सदस्य तथा पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्