Logo
Logo

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र


2.2k
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत सजमावदी)का अध्यक्षमाधवकुमार नेपालमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई पत्र काटेको छ । आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि बढाउन प्रहरीलाई पत्र काटेका हुन् ।

हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोध्नुको साथै प्रहरीलाई कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ ।

ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो ।

प्रतिक्रिया दिनुहोस्