Logo
Logo

गोरखा-२ : फणिन्द्र देवकोटाका संकल्प   


1.2k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) बाट गोरखा क्षेत्र नम्बर २ (क) का प्रदेशसभा उम्मेदवार फणिन्द्र देवकोटाले गोरखाको विकास तथा पूर्वाधारका लागि आफ्ना प्रतिबद्धताहरू अघि सारेका छन् ।

पार्टीको निर्णयअनुसार नेकपा माओवादी केन्द्रको हँसियाहथौडा चुनाव चिन्ह   लिएर चुनावी मैदानमा रहेका देवकोटाले गोरखाको विकासका लागि सडक, पर्यटन, खेलकुद, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, सिँचाइजस्ता पूर्वाधारमा जोड दिएका छन् ।

डा.बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री रहँदा उनको सचिवालयको नेतृत्व गर्दै गोरखाको समृद्धिका लागि क्रियाशील रहेका देवकोटाले तीन दशकको कानुनी, राजनीतिक र प्रशासनिक कार्यानुभवको आधारमा जनताले दिएको जिम्मेवारी कुशल र इमान्दारितापूर्वक निर्वाह गर्ने विश्वास सम्पूर्ण मतदाताहरूमा व्यक्त गरेका छन् ।

देवकोटाले गोरखाको सडक सञ्जाल तथा यातायातमा बढी जोड दिएका छन् । यातायात सुविधा नै विकास र समृद्धिको पहिलो आधार भन्ने तथ्यलाई मध्यनजर राखी आफूले अघि सारेका योजनाहरूलाई प्रदेश सरकारको सहयोग र स्थानीय सरकारहरूसँगको समन्वयमा अगाडि बढाउने वाचा गरेका छन् । 

उनी भन्छन्, ‘पन्थडीहि–कटहरे–हर्मी–साइंलीटार सडकको कालोपत्रे गराउने कार्य सम्पन्न नहुन्जेल संघको सरकारलाई ताकेता गरिरहनेछु । दुधपोखरी सडक निर्माण कार्यलाई अगाडि बढाउन लाग्नेछु । गोरखा र पालुङटार नगरपलिकाका सबै वडा कार्यालयहरूलाई सम्बन्धित नगरपालिकासँग कालोपत्रे सडकले जोडने कार्यमा लाग्नेछु । मजुवा–वैटारी–हटिया–सलाङगिरी,ज्योतीचौतारा–लुङ्गा–वडा कार्यालय–चापाभञ्ज्याङ,अबुवा–बिर्दी–सेरा–पौवाटार,देवीघाट–रातमाटे–मुलावारी–तिलारामभंज्याङ–सेरा–बागडाँडा–लुइँटेल,बोहरागाउँ–राउतेपानी–आँपपिपल, नयाँपुल–विरूवाटार,सातदोवाटो–वजेडी–हात्तीगौंडा–घडेरीखोला–लामगरा–चालिसेडाँडा–ढुङ्गेटारी,जोर्ति–सुपारे–लाजिकोट–लुइँटेलभज्याङ,सामाचौर चापाभज्याङ–कार्कीगाउँ–सिमपानी–आँपपिपल,तेह्रकिलो–सिर्दि–खाल्टेलगायत सडकहरूको स्थानीय सरकारसँगको समन्वयमा स्तरोन्नति तथा पिच गर्ने काममा लाग्नेछु ।’

पालुङटार रिङरोड योजनालाई अगाडि बढाउने पनि उनले आममतदातामाझ प्रतिबद्धता व्यक्त गरेका छन् । पालुङटार विमानस्थललाई स्तरोन्नति गरी यथाशीघ्र  कम्तिमा पनि काठमाडौं, पोखरा र भरतपुरसँग उडान भर्न लगाउने कार्यको पहल देवकोटाले बताए । अहिले पनि विमानस्थल स्तरोन्नतिको काम भइरहेको छ । 

उनले गोरखाको पर्यटन प्रवर्द्धनलाई मुख्य योजनाको रूपमा अघि सार्दै त्यसका लागि लिगलिगकोट, देवकोट, बुढीकोटी जस्ता कोटहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने बताएका छन् ।

त्यसैगरी पालुङटार र गोरखा नगरपालिका भित्रका भूलभुलेखार जस्ता तातोपानी निस्कने स्थानमा तातोपानी कुण्ड निर्माणकार्य सम्पन्न गर्ने, तालपोखरी, शिखरबेशी ताल, दरौँदीलगायत अन्य ताल–तलाउहरूलाई आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्ने प्रकृतिका ताल–तलाउहरू बनाउने कार्यमा लाग्ने बताउँलै देवकोटाले त्यसबाट सिँचाइ लगायतका कार्यहरूसमेत गर्न सकिने बताएका छन् । गण्डकी प्रदेशसभा उम्मेदवार देवकोटाले मठ, मन्दिर, गुम्बा जस्ता धार्मिक स्थलहरूको स्तरोन्नति गर्ने कार्यमा पनि आफूले ध्यान दिने बताएका छन् ।  

नेता देवकोटाले गोरखाका माथिका पर्यटकीय स्थलहरूलाई गोरखा बजार–मनकामना–लखन थापा÷भीमसेन थापा÷काजी कालु पाँडे जन्मस्थलहरू जस्ता अन्य पर्यटकीय स्थलहरूसँग जोडी एक गोरखा जिल्लाको दक्षिण भेगीय पर्यटकीय हब बनाउने बताए । उनले यसरी पर्यटन प्रबद्र्धन गर्दा रोजगारी र आयआर्जन हुने बताए । उनले सम्बन्धित ठाउँहरूमा होमस्टेका सुविधा विकास गरी आर्थिक आयआर्जनमासमेत सहयोग पुग्ने कार्यहरूमा यथेष्ट ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

पालुङटारको क्षेत्रीय रंगशालालाई प्राथमिकतामा राखेर पूर्णता दिने प्रतिबद्धता देवकोटाको छ । साथै भट्टबेँशीको खेलकुद मैदान निर्माण कार्य सम्पन्न गर्न गर्ने बताउँदै छेपेटारमा रहेको रंगशालालाई एकेडमीको रूपमा विकास गर्ने बताएका छन् ।
युवाहरूको लागि एक गाउँ–एक खेलकुद मैदानको अवधारणा अनुरूप नगरपालिका, वडाकार्यालयहरूसँग समन्वय गरी आवश्यक स्थानहरूमा खेलकुद  मैदानहरू निर्माण गर्ने कार्यमा सहयोगीको भूमिका निभाउने नेता देवकोटाको भनाइ छ ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) का धेरैजसो बस्तीमा खानेपानीको समस्या भएको बताउँदै नेता देवकोटाले चेपे नदीबाट लिफ्ट खानेपानी योजनालाई सम्बन्धित निकायमा समन्वय गरी यथाशीघ्र सम्पन्न गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘नेवारे खानेपानी योजना, छेपेटार–सातदोवाटो खानेपानी योजना लगायतलाई अगाडि बढाउनेछु । स्वच्छ खानेपानी सबैको मौलिक अधिकार भएकोले अन्यत्रका गाउँवस्तीहरूमा त्यहाँको स्थिति हेरेर खानेपानी योजनाहरूको निर्माण गर्ने कार्यमा प्राथमिकताका साथ लाग्नेछु ।’ 

गोरखा २ (क) निर्वाचन क्षेत्र कृषि उब्जनीको लागि पनि उर्वर भूमि हो । कृषकहरूले कृषि उत्पादनका लागि सिँचाइको समस्या भोग्नुपरेको छ । देवकोटाले सिँचाइका लागि आफूले सक्दो पहल गरिरहेको र चुनाव जितेपछि काम गर्न सहज हुने भन्दै छेपेटार–कुन्दुरटार सिँचाइ योजना यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने बताए । उनले थप भने, ‘आवश्यकता अनुसार कृषियोग्य भूमिमा सिँचाइको व्यवस्था मिलाउन लागि पर्नेछु ।’

लामो समय विद्यार्थी नेताको रूपमा रही राजनीति गरेका देवकोटाले शिक्षा तथा स्वास्थ्य विकास सम्बन्धमा आफूले गर्ने कामहरू पनि अघि सारेका छन् । उनले प्राविधिक र व्यवाहारिक शिक्षा सरकारी स्कुलमा व्यवस्था गर्न स्थानीय तहका लागि प्रादेशिक सहयोग जुटाउने बताउँदै शैक्षिक सशक्तीकरण कार्यक्रममार्फत प्रत्येक ३ वर्षमा १ पटक भाग लिन पाउने गरी सबै शिक्षकका लागि पढाइका विषयवस्तुमा पुनर्ताजगी, अध्ययन अध्यापनमा आधुनिक प्रविधिहरूको प्रयोग, प्रभावकारी कक्षा सञ्चालन विधि, ई–टेक्नोलोजीको प्रयोग जस्ता विषयहरूमा क्षमता अभिवृद्धि हुने तालिमका कार्यक्रमहरूका लागि प्रादेशिक सहयोग जुटाउने पनि बताए ।

देवकोटा २०४५ सालमा गाउँमा अनेरास्ववियू एघारौंमा संगठित, २०४८ सालमा अमरज्योति जनता मावि, लुइँटेलमा जुनियर रेडक्रसको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी उनी २०५० सालमा नेपाल ल क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) मा संगठित, २०५२–५५ सालमा क्याम्पसमा सचिव हुँदै इकाइ अध्यक्ष, २०५३–५५ सालमा अनेरास्ववियू (क्रान्तिकारी) काठमाडौंको सदस्य, कोषाध्यक्ष हुँदै सचिवसम्म भएका थिए । २०५८ सालमा अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सदस्य रहेका उनले शिक्षा क्षेत्रका समस्याहरू नजिकबाट नियालेका छन् ।

गोरखा क्षेत्र नम्बर २ (क) को क्षेत्रमा स्वास्थ्य समस्या रहेको बताउँदै नेता देवकोटाले आँपपिपल तथा गोरखा अस्पातालको स्तरोन्नतिका लागि प्रादेशिक सरकारको सहयोग जुटाउने र विभिन्न स्थानमा रहेका स्वास्थ्य सस्थाहरूको स्तरोन्नतिको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कानुन विषयमा स्नातक, राजनीति विषयमा स्नाकोत्तर शैक्षिक योग्यता भएका देवकोटा अधिवक्ता पनि हुन् । अमेरिका, जापान, चीन, फ्रान्स, बेल्जियम, मलेसिया, सिंगापुर, भारतको भ्रमण गरी विकास अनुभूति र अनुभव गरेकका उनले कृषि तथा पशुपालन कार्यक्रमले पारिवारिक आम्दानी वृद्धि गर्ने मात्र नभएर रोजगारीसमेत सृजना गर्ने बताउँदै यसका निम्ति उत्पादन अनुरूप अनुदान सहयोग–सामुहिक तथा व्यवसायिक कृषि एवम् पशुपालन, माछापालन, उत्पादित बस्तुहरूको प्रशोधन एवम् भण्डारण, कृषिजन्य तथा अन्य कुटरी उद्योग सञ्चालन जस्ता कार्यहरू गर्न चाहने उद्यमीहरूलाई सस्तो ब्याजदरमा ऋण लिन पाउने, उत्पादन अनुरूप ब्याज मिनाहा र अतिरिक्त उत्पादनमा प्रोत्साहन अनुदान दिने व्यवस्थामा प्रादेशिक सहयोग जुटाउन लाग्ने बताए ।

कृषि तथा पशुजन्य उत्पादनलाई उत्पादनकर्ताले चाहेमा न्यायोचित तवरले तोकिएको मूल्यमा नजिकको गाउँ÷नगरपालिकाको कृषि व्यवस्थापन केन्द्रमा सरकारले खरिद गर्ने व्यवस्था मिलाउने पनि उनले बताएका छन् ।  

गण्डकी प्रदेश सरकारका तर्फबाट गोरखा निर्वाचन क्षेत्र २ (क) मा थालिएका जनहितका विकास निर्माणका कार्यक्रमहरूलाई निरन्तरता दिई यथाशीघ्र सम्पन्न गर्ने देवकोटाले बताएका छन् ।

उनले पालुङटार तथा गोरखा नगरपालिकाहरूले थालेका जनहितका विकास निर्माणका कार्यक्रमहरूलाई निरन्तरता दिने तथा प्रदेश सरकारबाट यथासम्भव सहयोग बढाउने कार्यमा लाग्ने पनि बताए ।

यस निर्वाचन क्षेत्रमा एक अन्तर्राष्ट्रियस्तरको नेशनल टेक्निकल इन्स्टिच्यूट स्थापना गर्न र च्याङ्लि÷धुवाँकोटमा विशेष आर्थिक क्षेत्रका कामकारबाही अगाडि बढाउन लागि पर्ने, एकिकृत मस्र्याङ्दी करिडोर विकास योजना ( ९क्ष्लतभनचबतभम ःबचकजथबलमष् ऋयचचष्मयच म्भखभयिऊभलत एचयवभअत) लाई प्रादेशिक गौरवको योजनामा राखी अगाडि बढाउन आफ्नो विशेष प्रयास हुने देवकोटाले बताएका छन् ।

संघको नजरमा रहेको दरौँदी बेसिन एकिकृत विकास योजनालाई प्रदेश र संघको साझा योजनाको रूपमा अगाडि बढाउने बताउँदै नेता देवकोटाले  यस क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्न आवश्यक पहलह गर्ने प्रतिबद्धता जनाएका छन् ।

देवकोटाले २०५३ सालमा पार्टीको पूर्णकालीन सदस्य, २०५५ सालमा इलाका कमिटी सदस्य, २०५८ सालमा जिल्ला कमिटी सदस्य र काठमाडौं ४ नं. इलाका इन्चार्ज, २०५९ सालमा वार्ता समिति संयोजक डा.बाबुराम भट्टराईको सचिव र २०६०–०६१ सालमा क्षेत्रीय ब्यूरो सदस्य÷विभिन्न जिल्लामा जिम्मेवारीमा पार्टीगत राजनीति गरेका हुन् ।

उनले सशस्त्र जनयुद्धमा पनि सहभागी योगदान गरे । २०६१–६२ सालमा जनमुक्ति सेनाको सह–कमिसार, कम्पनी कमिसार हुँदै बटालियन कमिसार भए । सो क्रममा दोलखा कारागार कब्जा÷सिराहाको बन्दीपुर मोर्चा÷सिन्धुली सान्नाने भिडन्त÷पनौती मोर्चा÷मकवानपुर झुरझुरे मोर्चा÷सिन्धुपाल्चोक ठोकर्पा भिडन्तमा विभिन्न भिडन्तहरूमा सहभागी भएका थिए । लडाइँमा सहभागी हुँदा बायाँ हातमा गोलीका लागि गोली पास भएको र छर्रा अझै बाँकी रहेको देवकोटाले बताए ।

२०५५ सालमा चार विद्यार्थी संगठनद्वारा आयोजित शिक्षा मन्त्रालय घेराउ कार्यक्रमका क्रममा उनी पक्राउ परेका थिए । बन्दी प्रत्यक्षीकरणको रिटद्वारा रिहा भएपनि प्रहरीले पुनः पक्राउ गरी बेपत्ता बनाएको थियो । उनी २०५६ सालमा पुनः गिरफ्तार भए । १.५ वर्ष जेलजीवन बिताएको नेता देवकोटाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्