काठमाडौं । हालैमात्र यस पटक संसदीय राजनीति नगर्ने घोषणा गरेका डा बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरु संसदमा जान जरुरी नभएको बताएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले शुक्रबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै पुराना पुस्ताले धेरै लोभलालच गर्न नहुने बताएका हुन् ।
उनले भने, ‘पदमा बसेरमात्रै हुँदैन । पदै सबै थोक हो भनेर मान्छे महान हुँदैन । देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्छ ।’
उनले त्याग र बलिदान गर्ने व्यक्तिको नै इतिहासले मुल्याङकन गर्ने बताउँदै अर्को पुस्तालाई हस्तान्तरण गर्न केही समय लाग्ने बताए । ‘५÷६ जना पूर्वप्रधानमन्त्री भइसकेको साथीहरु अब हामीले फेरि त्यहाँ लर्को लागेर संसदमा गइराख्न हुँदैन’ भट्टराईले भने, ‘अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ ।’