काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
डेङ्गु संक्रमण भएपछि वीर अस्पतालमा उपचाररत केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिए ।
यसअघि राज्यमन्त्री केसीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो । ‘उहाँको स्वास्थ्यावस्था सुधार भइरहेको छ । एक दुई दिन सघन उपचार कक्ष (आइसियु) मै चिकित्सकको निगरानीमा राख्नेछौं’, उनले भने ।
राज्यमन्त्री केसीलाई थप निगरानी गर्नुपर्ने भएकाले आइसियुमा राखिएको डा. बस्नेतको भनाइ छ ।