Logo
Logo

राजु गुरुङको रिटमाथि आज सुनुवाइ


882
Shares

काठमाडौं । रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिएका राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा परेको छ ।

बैंकिङ कसुरमा कालो सूचीमा नाम रहेको भन्दै उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि गुरुङ सर्वोच्च अदालत आएका हुन् ।

गुरुङ सत्ता गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीबाट रुपन्देही क्षेत्र नम्बर २ बाट साझा उम्मेदवार हुन् ।
यसअघि सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतले अल्पकालीन आदेश निरन्तरता हुने आदेश गरे गुरुङ उम्मेदवार हुने पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्