Logo
Logo

‘स्वतन्त्र मन’ अभियानको समर्थन युग पाठकलाई, ओली अप्ठ्यारोमा


45.9k
Shares

झापा । पूराना नेताप्रति जनतामा तीव्र असन्तुष्टि रहेको भन्दै झापा- ५ का स्वतन्त्र उम्मेदवार युग पाठकलाई ‘स्वतन्त्र मन’ अभियानले समर्थन गर्ने भएको छ ।

अभियानले पाठकसहित, झापा-२ मा स्वागत नेपाल र झापा- ४ मा युक्तप्रसाद भेटवाललाई सहयोग गर्ने निर्णय गरेको हो ।
झापा- ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

उक्त अभियानले विज्ञप्ति जारी गर्दै नयाँ सन्देश दिने उल्लेख गरेको छ । देशैभरी आशा र भरोसाको नयाँ परिस्थिति सिर्जना गर्नका लागि पाठकलाई सहयोग गरिएको जनाएको छ । आम जनताबीच फैलिएको निराशा, राजनीतिप्रतिको वितृष्णलाई सकारात्मक उर्जाका लागि पाठकको जित आवश्यक रहेको बताइएको छ ।

यो पटक झापा- ५ मा नसोचेको परिणाम आउने अभियानका अध्यक्ष अशोक थापाले बताए । यसपटक ओलीलाई धक्का पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्