Logo
Logo

आयात प्रतिबन्धले पनि बढेन विदेशी मुद्रा सञ्चिति


378
Shares

काठमाडौँ । सरसकारले केही महँगा वस्तुको आयात प्रतिबन्ध लम्ब्याइरहे पनि विदेशी मुद्रा सञ्चिति भने घटेको घट्यै छ ।

त्यही विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै सरकारले ३ सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध लगाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार २ महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति घटेको छ ।

असार मसान्तसम्म मुलुकसँग कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो । भदौ मसान्तसम्म आउँदा थप २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । हाल कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ५१ अर्ब ५३ करोड छ ।

बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग १ खर्ब ३७ अर्ब ६३ करोड छ । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।

प्रतिक्रिया दिनुहोस्