Logo
Logo

गिरिजराजमणिलाई हराउने रणनीतिमा प्रभु साह !


17.1k
Shares

महोत्तरी। एमाले छाडेर रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले महोत्तरीका स्वतन्त्र उम्मेदवारलाई सर्मथन गर्ने बताएपछि माओवादी केन्द्रका नेता-कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

रौतहट–३ मा साहलाई माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ । तर, साहले भने माओवादी नेता गिरिराजमणि पोखरेललाई ‘हराउनुपर्छ’ भन्दै स्वतन्त्र उम्मेदवार पोषण थापालाई समर्थन गर्ने जनाएका छन् । साहको उक्त निर्णयले माओवादी कार्यकर्ता रुष्ट बनेका हुन् । केही दिनअघि साहले महोत्तरी पुगेरै पोषण थापालाई भेटेर समर्थन गर्ने जनाउँदै पोखरेललाई जसरी पनि हराउनुपर्ने बताएका थिए ।

माओवादीका केन्द्रीय सदस्यसमेत रहेका महोत्तरी संयोजक तुलसी ढुंगानाका अनुसार प्रभु साहले थापालाई समर्थन गर्ने हो भने माओवादीले साहलाई पनि मत दिन जरुरी छैन । रौतहट ३ मा गठबन्धनले समर्थन गरेकाले साहले नै माओवादी नेतालाई हराउनुपर्छ भन्दै हिँडेकाले रौतहट पार्टीले पनि उनलाई मत दिनु जरुरी नरहेको उनले बताए ।

महोत्तरी १ मा स्वतन्त्र उम्मेदवारी दिएका थापाले पनि प्रभु साहले आफूलाई समर्थन गर्ने जनाएका छन् । आफूहरुको चुनाव चिन्ह पनि एउटै परेकाले एकअर्कालाई सहयोग गर्ने समझदारी भएको उनले बताए ।

तिहारपछि बर्दिबासमा आयोजना हुने जनसभामा साहले सम्बोधन गरेर मत माग्नेसमते समझदारी आफूहरुबीच भएको थापाको भनाइ छ । साहले आफ्नो लागि स्पेसल कार्यक्रम बनाउन आग्रह गरेको र उक्त कार्यक्रममार्फत आफ्नो लागि मत माग्ने थापाले बताए ।

शनिबार जनकपुर आउन लागेका माओवादी अध्यक्ष प्रचण्डलाई पनि प्रभु साहको विषयमा जानकारी गराउने माओवादी नेताहरुले तयारी गरेका छन् । पाँच दलीय गठबन्धनले जनकपुरमा गर्न लागेको प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न प्रचण्डसहितका नेता आज जनकपुर आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्