Logo
Logo

‘ज्ञानेन्द्र र ओलीले चाहेर पनि अब प्रतिगमन फर्कँदैन’


1.8k
Shares

मोरङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा जनआन्दोलनमार्फत आएको परिवर्तनलाई जोगाउन गठबन्धन गरिएको बताएका छन् ।

फाइल फोटो

उनले चुनाव जित्न मात्र गठबन्धन नबनाएको बताउँदै भने, ‘सत्ता पाउनमात्रै गठबन्धन बनेको होइन, परिवर्तन जोगाउनलाई हो ।
शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै नेता पौडेलले कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र आएपछि केही भएको छैन भन्दै प्रचार गरिरहेको बताए । उनले भने, ‘वास्तवमा ती कातपर्व मच्चाउनेहरुले भनेको जस्तो अवस्था छैन ।’

उनले पूर्वराजा ज्ञानेन्द्र र एमाले अध्यक्ष केपी ओलीलाई नामै लिएर भने, ‘ज्ञानेन्द्र र ओलीले भनेर अब प्रतिगमन फर्कदैन । छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोशिश भएको छ । त्यसलाई जनताले चिन्नुपर्छ ।’

नेपाल र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्ने पनि उनले धारणा राखे । उनले भने, ‘गठबन्धनका साथीहरूले मनमुटावलाई एकआपसमा हटाएर अगाडि बढ्नुपर्छ, र यो बेला आवश्यक पनि छ ।’

प्रतिक्रिया दिनुहोस्