Logo
Logo

सर्वोच्च अदालत सेटिङको अखडा बन्यो : ओली


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सत्ताच्युत गर्न प्रयोग भएको सर्बोच्च अदालत ‘सेटिङको अखडा’ बनेको टिप्पणी गरेका छन् ।

फाइल फोटो

शनिबार नेकपा एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घण्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ति हो । अब त्यस्तो दोहोरिन हुँदैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘अदालतले संविधानका नाममा जे मन लाग्यो, त्यहि फैसला गर्छ । अदालतमा न्यायाधीहरुले हड्ताल गरेर तमाशा देखाउँछन् । प्रधानन्यायाधीशलाई कुर्सीमा बस्न दिइनन् । घरमा नजबरन्दा गरिन्छ । अधिवक्ता र तीनका संस्थाले न्यायालयको हुर्मत लिन्छन् । यो भन्दा तमासा के हुन्छ ?’

उनले राज्यशक्तिको आडमा सरकारले प्रधानन्यायाधीशलाई घरमा थुनेर आफन्तलाई घरबाट बाहिर निस्कदा गिरफ्तार गरेको आरोप लगाए । कानून हातमा लिने काममा न्यायाधीश र वकिलहरु नै लागेको भन्दै उनले लोकतन्त्रलाई परमादेश होइन, जनादेशमार्फत बलियो बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्