Logo
Logo

रावल र भुसाललाई टिकट नदिँदा रुवाबासी चल्यो : केपी ओली


7.9k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावल र घनश्याम भुसालले टिकट नपाएको भन्दै रुवाबासी चलेको टिप्पणी गरेका छन् ।

लामो समयदेखि निरन्तर सत्तामा रहेका रावल र भुसालले टिकट नपाएको भनेर रुवाबासी भएको देख्दा अचम्म लागेको समेत बताएका छन् ।
नेकपा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले टिकट रावल र भुसाललाई टिकट दिनै पर्ने त्यस्तो केही बाध्यता नरहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘निरन्तर सत्तामा रहँदै आएका केही व्यक्तिलाई टिकट नदिएकाे भन्दै रुवाबासी चलेको देख्दा अचम्म लाग्यो । के अवसर उनीहरूले मात्रै पाउनुपर्ने हो ? अरुले अवसर पाउनु हुँदैन भन्ने हो ? केही व्यक्तिले टिकट पाएनन् भन्दैमा रुवाबासी गर्नुपर्ने कारण छैन । अस्ति असोज २–३ गतेसम्म सत्तामै रहेकालाई नै टिकट दिनुपर्ने हो र ?’

अध्यक्ष ओलीले रावल र भुसालले पार्टीका पक्षमा केही काम नगरेका कारण पनि टिकट दिन नसकिएको समेत बताएका छन् ।
ओलीले भने– ‘ तिनीहरुले पार्टीको पक्षमा के काम गरे ? आन्दोलनको पक्षमा के योगदान गरे ? उनीहरूले सत्तामा रहेको बेला के गरे भन्ने खोज्नु छैन अनि उनीहरूलाई नै टिकट दिनुपर्ने ?’

अध्यक्ष ओलीले एमालेले नयाँ पुराना नभनी सबैको योगदानको कदर गर्ने भन्दै भर्खर एमालेमा प्रवेश गर्नेहरूलाई चिन्ता नगर्नु आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्