Logo
Logo

गोरखाको चुम र नुव्रीलाई हिमाली शहर बनाउने प्रचण्डको प्रतिबद्धता


3k
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुम र नुव्रीभ्यालीलाई हिमाली शहर बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ का उम्मेदवारसमेत रहेका प्रचण्डले रबर उद्योग र पालुङटार एयरपोर्ट सञ्चालन, बुढीगण्डकी आयोजना निर्माणलगायत याेजना पनि प्रतिबद्धता पत्रमा समेटेका छन् । लामो समयदेखि बन्द रहेको गोरखाको रबर उद्योग र पालुङटार एयरपोर्टलाई सञ्चालनमा ल्याउन विशेष पहल गर्ने उनको भनाइ छ ।

बेनिघाट–आरुघाट–लार्के सडक निर्माण कार्यलाई पूरा गर्दै उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्ने उनले प्रतिबद्धता जनाएका छन् । ‘चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु हुने सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिनेछ, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न विशेष पहल गर्ने छु,’ प्रतिबद्धता पत्रमा प्रचण्डले भनेका छन् ।

सिर्दीबास, माछीखोला, बारपाक र भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडीबुटी संरक्षण, संकलन र प्रशोधन केन्द्र स्थापना गरी सो क्षेत्रलाई जडीबुटी विशेष क्षेत्रका रुपमा विकास गर्ने पनि उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्