Logo
Logo

‘मंसिर ४ अग्रगमन र प्रतिगमनबीचको महासंग्राम’


504
Shares

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने बताएका छन् ।

कैलालीको धनगढीमा आइतबार गठबन्धनको कार्यक्रममा उनले गठबन्धनको जित आवश्यक रहेको बताएका हुन् । ‘हामी नेतृत्व तहमा केन्द्रीय नेताहरु एक छौं । प्रदेशका गठबन्धनका साथीसँग साथमै छौं भन्न आएका हौँ’, उनले भने, ‘गठबन्धनको जित पक्का गर्नुपर्छ भन्ने अपिल गर्ने पनि हाम्रो उद्देश्य हो ।’

संविधान, गणतन्त्र र व्यवस्था नै धरापमा परेको विशिष्ठ परिस्थितिमा गठबन्धन बनेको प्रचण्डको भनाइ थियो । उनलले हरेक निर्वाचनका आफ्ना विशेषता हुने बताउँदै मंसिर ४ मा आफूहरुको उद्देश्य संविधानको रक्षा भएको पनि बताएका छन् ।

‘अहिले देशमा अर्को पनि गठबन्धन आएको छ । त्यसको अलग उद्देश्य र संस्कृति छ । अर्को गठबन्धनले संविधान बदलेर गणतन्त्र उल्ट्याउन खोजिरहेको छ,’ उनले भने, ‘त्यो गठबन्धन दलका अनुहार हेर्नु भएको होला । इतिहासको रछ्यानमा मिल्काइएको राजतन्त्र उल्ट्याउने रे !’

दाहालले संविधान च्यात्नेहरुको गठबन्धन अर्कातिर भएकाले सचेत हुन पनि आग्रह गरे । ‘हामी कमजोर हुनु् भनेको देश दुर्घटनामा जाने खतरा बढ्नु हो, त्यसैले हामीलाई जिताउनुस्’, उनले भने, ‘अब हामीले मंसिरमा चुनाव जितिसकेपछि देशमा आर्थिक क्रान्ति ल्याउँछौं ।’

मंसिर ४ अग्रगमन र प्रतिगमनबीचको महासंग्राम भएकाले सानातिना कुरा बिर्सिएर गठबन्धनलाई विजयी गराउन प्रचण्डको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्