Logo
Logo

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति


189
Shares

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

गत असोज २० पक्राउ परेका उनी प्रहरी वृत्त गौशालाको न्यायिक हिरासतमा छन् । आइतबार चौथोपटक म्याद थप्दै थप दुई दिन उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

आइतबार म्याद थपका लागि सन्दीपलाई अदालत लगिएको थियो । यसअघि पहिलो पटक सात दिन, दोस्रो पटक पाँच दिन र तेस्रो पटक चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले आइतबार चौथो पटक थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । गत भदौ २१ मा एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गएको उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्