Logo
Logo

प्रदेश-१ लोकसेवाले माग्यो ३४ अधिकृत


504
Shares

काठमाडौं । प्रदेश लोक सेवा आयोग प्रदेश-१ ले कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

विभिन्न स्थानीय तहका लागि ३४ जना अधिकृतको विज्ञापन खुलाएको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अप्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा गर्न लागिएको आयोगले जनाएको छ ।

योग्यता पुगेका उमेदवारले कात्तिक २७ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारको रोजाई र प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिने जनाइएको छ ।

सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्