Logo
Logo

आगलागीबाट दुई करोडको क्षति


630
Shares

फाइल फाेटाे ।

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट २ करोडभन्दा बढीको क्षति पुगेको छ ।

३ वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए । विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगोले हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसल जलेर नष्ट भएको हो ।

राति पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले ५ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबढी भएको हुनसक्ने पीडित विजय थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्