दमौली । तनहुँमा समानुपातिकतर्फको मतपत्र आइपुगेको छ ।
निर्वाचन आयोगले नेपाली सेनाको सुरक्षा घेरामा समानुपातिकतर्फको मतपत्र ल्याएकाे हो । ५ लाख ५० हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
तनहुँ क्षेत्र नम्बर १ र प्रदेश १ र २ को मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र तनहुँ क्षेत्र नम्बर २ र प्रदेश १ र २ को मतपत्र निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सुरक्षितरुपमा राखिएको छ ।
क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका, लागि दुई लाख ७३ हजार र २ को लागि दुई लाख ७७ हजार थान मतपत्र आइपुगेको छ ।