Logo
Logo

प्रधानमन्त्री बन्ने शशांकको सपना, कृष्ण बन्न सक्छन् बाधक


12.9k
Shares

काठमाडौं । नवलपुर क्षेत्र न. १ मा नेपाली कांग्रेस नेता डा. शशांक कोइराला र संविधानसभा सदस्य कृष्णप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । 

सत्ता गठबन्धनबाट कांग्रेस नेता शशांक र नेकपा एमालेबाट पौडेलले उम्मेदवारी दिएका छन् । कोइरालाले चौँथो पटक यस निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका हुन् भने पौडेल पहिलोपटक लड्दै छन् । 

आगामी मंसिर चार गते हुने निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने शशांकले बताउँदै आएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू यसपटकको निर्वाचनमा विजय भएर प्रधानमन्त्री बन्ने बताएका थिए । 

तर शशांकको सपनालाई पौडेलले ‘ब्रेक’ लगाइदिन सक्छन् । लामो राजनैतिक इतिहास बोकेका रैथाने नेताका रुपमा परिचित पौडेल राजनीतिको पुराना खेलाडी हुन् ।

०७४ सालको संघीय निर्वाचनलाई आधार मानेर हेर्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पहिलो राजनैतिक शक्ति हो भने कांग्रेस दोस्रो । तर नेकपाको विभाजन भएसँगै एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै अवस्थामा छन् । अझ एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी समेत बनेको छ । 

अहिलेका सत्ता गठबन्ध सरकार र तिनमा रहेका दलहरू मिलेर गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो दलको रुपमा स्थापित हुन पुगेको छ । तर नवलपुरमा भने गठबन्धनका दलहरूसँग एक्लै निर्वाचन लडेको एमाले जिल्लामा पहिलो पार्टी बनेको छ । त्यसैले आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार शशांकलाई  अप्ठ्यारो पर्न सक्छ । 

शशांकले तीन पटक यस क्षेत्रबाट निर्वाचन जिते । र, पटकपटक कांग्रेस नेतृत्वको प्रदेश र संघीय सरकार हुँदा समेत जनताले सोचेअनुरूप काम गर्न नसकेकालाई अहिले नयाँलाई भोट दिन सक्छन् । यस निर्वाचन क्षेत्रमा ०४८ सालदेखि २०७४ सालसम्म कांग्रेस विजयी हुँदै आएको छ । 

उता स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका पूर्वमाओवादीका नेता राजन गौतमले पनि उम्मेदवारी दिएका छन् जसले गर्दा पनि शशांकलाई जाने माओवादीका भोटहरू यसपटक गौतमले पनि तान्ने देखिन्छ । स्वतन्त्र उम्मेदवारहरूलाई पनि कम आँकलन गर्नु हुँदैन । तर, नवलपुरमा भने जित्ने भन्दापनि कुन पार्टीलाई बढि प्रभाव पार्छ भन्नेमा फरक पार्छ । 

यसपटक नयाँ अनुहार हेर्ने जनचाहना अनुरूप शशांकलाई गाह्रो भएतापनि आगामी निर्वाचनमा यहि हुन्छ भन्न सकिने अवस्था भने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्