Logo
Logo

९ तस्बिरमा हेरौं बत्तीले झिलिमिली काठमाडौं


3.7k
Shares

काठमाडौं । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा । देशभर लक्ष्मीपूजा सम्पन्न भएको छ । उज्यालो पर्वको रुपमा मनाइने तिहारको एक विशेषता उज्यालो हो । त्यसमा पनि लक्ष्मीपूजाको दिन घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको स्वागत गर्ने धार्मिक प्रचलन रहेको छ । 

संघीय राजधानीसहित देशभर घरलाई झिलिमिली बत्तीले सजाएर तिहारको स्वागत गरिएको छ ।  तिहारको समयमा उच्च स्थानहरूबाट गाउँ र शहरका झिलिमिली हेर्न साँच्चिकै रोमाञ्चक हुन्छ ।

लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यका धपक्कै बलेको छ । राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तले चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ  देखिएको झिलिमिली काठमाडौँ क्यामेरामा कैद गरेका छन् ।

९ तस्बिरमा हेरौं बत्तीले झिलिमिली काठमाडौं


प्रतिक्रिया दिनुहोस्