काठमाडौं । रुस–युक्रेन युद्धप्रतिको रणनीति बदल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सांसदहरुले दबाब दिएका छन् ।
जुन १ देखि रुस–युक्रेन युद्ध जारी छ । अमेरिकाले युक्रेनलाई सहायता र समर्थन गर्दै आएको छ । तर, रुस–युक्रेन युद्ध नरोकिएपछि लिबरल डेमोक्रेटहरुले रणनीति बदल्नुपर्नेमा जोड दिएका हुन् ।
२५ जना भन्दा बढी सांसदले राष्ट्रपति जो बाइडेनलाई युक्रेनप्रतिको रणनीति परिवर्तन गर्न आग्रह गरेका छन् । साथै रुससँग प्रत्यक्ष कुटनीतिक पहल गर्न पनि भनेका छन् ।
डेमोक्रेट सांसदहरुले सोमबार जो बाइडेनलाई पठाएको पत्रमा युक्रेनलाई समर्थन गर्ने नीतिको प्रशंसा गरेका छन् ।