Logo
Logo

डेंगु संक्रमित बुटवलका पत्रकार मास्कीको मृत्यु


693
Shares

बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ ।

डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको बुधबार बिहान मृत्यु भएको हो ।स्याङजाको कालिगण्डकी गाउँपालिका घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या थियो ।

बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।

स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र स्वच्छ छवि बनाएका थिए । केही वर्ष अघि क्यान्सरका कारण श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् ।

आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसँगै तीनजना छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्