Logo
Logo

रावलकाे प्रश्न- शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरे कसाे हाेला ?


3.7k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल निर्वाचन आयोगप्रति आक्रोशित बनेका छन् ।

आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि कडा टिप्पणी गरेका हुन् । उनले ट्वीटरमा भनेका, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेतालाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’

आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्