Logo
Logo

पाल्पामा महिला उम्मेदवार १ जना मात्रै


504
Shares

तानसेन । आसन्न निर्वाचनका लागि पाल्पाबाट ४५ जनाले उम्मेदवारी दिएका छन् ।

२ प्रतिनिधिसभा सदस्यका लागि २३ जना र ४ प्रदेश सभा सदस्यका लागि २२ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये महिला उम्मेदवार १ जना मात्र छन् । पाल्पा–२ को प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीबाट दुरपता सोमै उम्मेदवार छन् ।

२ जना दलित समुदायबाट उम्मेदवार बनेका छन् । पाल्पा– १ बाट प्रतिनिधिसभा सदस्यका लागि राजु सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभामा मंगोल नेशनल अर्गनाईजेशनका पूर्णबहादुर रुचाल छन् ।

यसबाहेक आदिवासी जनजातिबाट २५ जना, खसआर्यबाट १८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्