Logo
Logo

विकास र समृद्धि मेरो एकमात्र एजेण्डा : ओनसरी


630
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं-२ का उम्मेदवार ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देश विकास र समृद्धि भएको बताएकी छन् ।

साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औं शंखरापुर स्मारिका विमोचन कार्यक्रममा उनले देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । माओवादी नेतृ घर्ती सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।

‘हामी आज तपाईंका सामु देशको समृद्धिकै लागि आएका छौं । विगतमा जे-जस्ता काम भए, ती कामको हामी जिम्मेवारी लिन्छौं र अगाडि बढाउँछाैं,’ उनले भनिन्, ‘सांसदको सबभन्दा ठूलो काम जनताको कानुन बनाउने हो । म पनि यहाँहरू सबैको हक, अधिकार ग्यारेन्टी हुने गरेर कानुन लेख्ने कुरामा सधैं अग्रपंक्तिमा रहनेछु ।’

घर्तीले आफू निर्वाचित भए यो क्षेत्रका जनताको सेवक भएर काम गर्नेसमेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्