Logo
Logo

‘निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ’


630
Shares

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न प्रबन्ध मिलाइसकेको बताएका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा देउवाले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।

देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उनले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने बताए । प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको चर्चा गरे ।

सरकारले साख्वाःको योगदानको उच्च सम्मान गर्दै यसअघि नै राष्ट्रिय विभूति घोषणा गरेको, उनको नाममा हुलाक टिकट प्रकाशित गरेको, विद्यालय तहको पाठ्यक्रममा समावेश गर्ने व्यवस्था गरेको बताए ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले शङ्खधर साख्वाःको योगदानलाई चीरस्थायी बनाउन साख्वाःको नाममा राष्ट्रिय पुरस्कारको घोषणा गर्ने तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्