Logo
Logo

रूपन्देही-२ मा जनमुक्तिका केशव थापा गठबन्धनका साझा उम्मेदवार


69.6k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई साझा उम्मेदवारको रुपमा समर्थन गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि उम्मेदवारविहीन भएको गठबन्धनले थापालाई समर्थन गर्ने निर्णय गरेको हो ।

गठबन्धनले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ– ‘रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा समर्थन गर्ने निर्णय गरिएको छ ।’

गठबन्धनबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्