Logo
Logo

प्रधानमन्त्रीले लगाएनन् भाइटीका


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार भ्रातृशोकमा रहेकाले प्रधानमन्त्री देउवाले भाइटीका नलगाएका हुन् ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्