Logo
Logo

अमेरिका र उसका सहयोगीका स्याटेलाइट झारिदिने रूसको चेतावनी !


504
Shares

काठमाडौं । रुसले युक्रेन युद्धमा अमेरिका र उसका सहयोगी राष्ट्रको व्यावसायिक भूउपग्रह संलग्न भएको पाइएमा उनीहरू आक्रमणको सिकार हुन सक्ने चेतावनी दिएको छ ।

रुससँग अमेरिका र चीन जत्तिकै राम्रो अन्तरिक्ष क्षमता छ । रोयटर्सका अनुसार रुसले आफ्नो एउटा उपग्रहलाई नष्ट गर्न सन् २०२१ मा एन्टी–स्याटेलाइट मिसाइल प्रक्षेपण गरेको थियो ।

रुसी विदेश मन्त्रालयको अप्रसार र हतियार नियन्त्रण विभागका उपनिर्देशक कोन्स्टान्टिन भोरोन्टसोभले अमेरिका र उसका सहयोगीले पश्चिमी प्रभुत्व स्थापित गर्न अन्तरिक्षको प्रयोग गरिरहेको संयुक्त राष्ट्र संघलाई बताएका छन् । उनले युक्रेनलाई पश्चिमी भूउपग्रहमार्फत युद्धमा सहयोग गर्नु निकै खतरनाक प्रवृत्ति भएको बताए ।

कोन्स्टान्टिन भोरोन्टसोभले कुनै पनि विशेष उपग्रह कम्पनीको नाम लिएनन् । यद्यपि, यस महिनाको सुरुमा एलन मस्कले भनेका थिए कि उनको रकेट कम्पनी स्पेसएक्सले युक्रेनमा आफ्नो स्टारलिंक इन्टरनेट सेवा जारी राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्