Logo
Logo

रूपन्देहीमा जनमुक्तिका सबै उम्मेदवरी निष्क्रिय, सत्ता गठबन्धनलाई समर्थन


10.7k
Shares

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले रूपन्देहीका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी सत्ता गठबन्धनको समर्थनमा निष्क्रिय भएको घोषणा गरेको छ ।

रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार गुमाएको गठबन्धनले जनमुक्तिका उम्मेदवार केशव थापा मगरलाई समर्थन गर्दै साझा उम्मेदवारको रुपमा अघि सारेपछि जनमुक्तिले अन्य क्षेत्रको उम्मेदवारी निष्क्रिय पार्दै गठबन्धनलाई समर्थन गरेको हो ।

सत्ता गठबन्धनले थापालाई समर्थन गरेवापत जनमुक्तिले रुपन्देही–१ मा डिबी थापा, रुपन्देही–३ मा मोजिव अलि, रुपन्देही–४ मा जवाहर अली र रुपन्देही ५ मा भैरवबहादुर थापाको उम्मेदवारी निष्क्रिय पारेको हो ।

यस्तै रुपन्देही–१ (१) का विमला गुरुङ, १(२)का छत्रबहादुर दर्लामी र ३ (२)का मीनबहादुर पल्लीको उम्मेदवारी पनि निष्क्रिय पार्ने भएको जनमुक्तिले पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले जनमुक्ति केशव थापालाई समर्थन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्