कैलाली । अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । कारागारमा लागुऔषध ओसारेको आरोपमा प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्।
गत ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरीको बयानका आधारमा उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले हवल्दार भाटलाई निलम्बन गरेर थुनाम राखेर मुद्दा अघि बढाइएको बताए । दुई साताअघि पक्राउ परेका चौधरीले भाटकै सहयोगमा कारागारका कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरीहरूको भनाइ छ।हवल्दारलाई पनि लागुऔषध मुद्दा चलाउने प्रहरी तयारी छ ।