Logo
Logo

प्रहरीमाथि मोबाइल चोरीको आरोप लागेपछि…


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ भदौ ।
प्रहरीमाथि मोबाइल चोरीको गलत आरोप लगाउने एक युवक पक्राउ परेका छन् । प्रहरीलाई गलत सूचना दिएको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका स्यूचाटार बस्ने २५ वर्षीय आकाश भट्टराईलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सूर्य्विनायक नगरपालिका २ बालकोटस्थित दुर्गा मन्दिर नजिकबाट आफ्नो मोबाइल साथीलाई दिई प्रहरीले लग्यो भन्दै प्रहरीको कन्ट्रोल रूममा फोन गरी गलत सूचना दिएको खुल्न आएपछि महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्