Logo
Logo

गोरखामा रिल्याक्स फिल भइरहेको छ : प्रचण्ड


1.1k
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा आफूलाई रिल्याक्स भइरहेको बताएका छन् । यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको समेत उनले बताए ।

गोरखामा आयोजित कार्यक्रमलाई आइचबार सम्बोधन गर्दै प्रचण्डले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस भइरहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो । एक ढंगले रिल्याक्स फिल गरेको छु ।’

उनले निश्चित सपना बोकेर आफू गोरखा आएको पनि बताए । उनले भने, ‘अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्नेछु ।’ उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति कृतज्ञता व्यक्त गरे ।

प्रचण्डले भने, ‘सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

गोरखा–२ मा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै प्रचण्ड गोरखाबासीसँग निरन्तर चुनावी छलफल गरिरहेका छन् । चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा प्रचण्डलाई डा. बाबुराई भट्टराईले साथ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्