Logo
Logo

दार्चुला घटनाबारे सरकारले भारतलाई लेख्यो कूटनीतिक नोट


1.1k
Shares

काठमाडौं । सडक निर्माणका क्रममा भारतीय पक्षले गराएको विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे नेपाल सरकारले भारतलाई कूटनीतिक नोट लेखेको छ ।

विस्फोटमा परी दार्चुलाको व्यास गाउँपालिकाका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । सोही विषयमा परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट लेखेको हो ।

गृहमन्त्रालयको स्थलगत प्रतिवेदनका आधारमा सचेत गराउने, अनुरोध गर्ने र भन्नुपर्ने कुरा कूटनीतिक नोटमा राखिएको गृह स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्