Logo
Logo

एकीकृत समाजवादीले भन्यो- निर्वाचन प्रणालीमा सुधार गर्छौं


441
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउने जनाएको छ ।

सोमबार सर्वजनिक भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको घोषणापत्रमा अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिल रहेको उल्लेख छ ।

‘यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ घोषणापत्रमा भनिभएको छ ।

पार्टी महासचिव बेदुराम भुषालले घोषणापत्र सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्