Logo
Logo

माओवादीले सर्वजानिक गर्‍यो घोषणापत्र (पूर्णपाठ)


6.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्ताव गरेको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेको प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्रमा स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने उल्लेख छ ।

विगतको अनुभव र जनचाहनाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएकोले संविधान संशोधन गर्ने माओवादीले बताएको छ। उसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएको छ।

‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ,’ माओवादीको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘ संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ।’

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्